
राहुल गुप्ता
वीरगन्ज वडा नं ९ का वडा अध्यक्ष जवाहर गुप्ताको लापरबाहीले दुर्घटना हुने जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यलय अगाडि रोड्को छेउमा रहेको खुल्ला नालाको कारण दुर्घटना उच्च हुने सम्भावना देखिएको छ । बारम्बार स्थानियहरुले खुल्ला रहेको नाला माथी स्लाब हाल्ने अनुरोध गरेपनी वडा अध्यक्ष गुप्ताले हाल सम्म पनि कुनै कार्य अगाडि बढाएका छैनन्। वर्षातको समयमा उक्त नाला माथी पानी बग्ने गरेको छ । धेरै मान्छेहरु अनाहकमा खस्ने गरेका छन ।
त्यस्तै उनको कारण विभिन्न किसिमका सिफारिस गराउनका लागि आउने सेवाग्राही पनि दुखित हुने गरेका छन । विभिन्न किसिमका समस्या लिएर कार्यालय समयमा वडा कार्यालय पुगेका सेवाग्राहीहरु दिन भरि वडा कार्यालयमा बस्नु परेको बताउने गरेका छन । वडा अध्यक्ष गुप्ता समयमा कार्यालय नाउने,फोनमा सम्पर्क गर्दा फोने नउठाउने बानीले आफुहरु हैरान भएको बताउने गरेका छन ।
वडा अध्यक्षको रबैयाले आफुहरु दिक्क बनाएको एक स्थानियले बताए ।




