
प्रहरी प्रधान कार्यालय नक्साल काठामान्डौंमा आयोजित ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुवास यादव पुरष्कृत भएका छन् ।
महिला बालबालिका सम्बन्धिको अपराधको वस्तुनिष्ट, बैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान पुर्याएको भन्दै ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा यादव लाइ “उत्कृष्ट महिला बालबालिका सम्बन्धि अपराध अनुसन्धानकर्ता” प्रहरी पुरस्कार प्रदान गरिएको हो ।
यादवलाई नेपाल प्रहरीको आईजीपी वसन्त बहादुर कुवरले पुरष्कृत गर्दै उज्वल भविष्यको कामना व्यक्त गर्नु भएको थियो । मधेस प्रदेश भरी प्रहरी दिवसको अवसरमा प्रहरी नायब निरीक्षक सुवास यादव मात्र पुरष्कृत भएका छन् । यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला सेलमा कार्यरत छन् ।
प्रहरी दिवस २०८१ को अवसरमा विभिन्न बिदामा एसपी देखि लिएर जवान सम्म जम्मा २६ जना पुरष्कृत भएका हुन्।




