
अखबर अन्सारी
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका सदस्य एवं पर्सा जिल्ला सह इन्चार्ज दीपक यादव सहितका नेताहरू अशोक राई
नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष दीपक यादवसहित पर्सा जिल्ला सदस्य विश्वनाथ यादव,पटेर्वा सुगौली पालीकाका अध्यक्षलगायतका नेताहरू जसपामा प्रवेश गरेका हुन्।
जसपाका उपमहासचिव प्रदीप यादव एवं खानेपानी मन्त्री प्रदीप यादवले जसपा नेपालको मधेस प्रदेश कमिटी सदस्य समेत रहेका दीपक यादव जस्ता कर्मठ, अनुभवी नेताको आगमनले आफ्नो पार्टीलाई अझ बलियो बनाउँदै मधेसको विकास,जनताको अधिकार र समृद्धिका लागि संघर्षलाई नयाँ ऊर्जा दिने विश्वास लिएको बताए।
कार्यक्रममा खाने पानी ‘मन्त्री सहित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,जसपाका केन्द्रीय सदस्य मोहनलाल चौधरीज्यू, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनारल गायतको उपस्थिति थियो। सभार:-नारायणीधारा साप्ताहिक




