
बिरगंज आदर्शनगर स्थित मारवाडी समाज सेवक संघ पर्सा द्वारा दिपावली स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ। मारवाडी समाज सेवक संघ पर्साका अध्यक्ष मुर्लीधर रुङटाको एवम् नेपाली काङ्ग्रेसका युवा नेता अनिल कुमार रुङटाको प्रमुख आतिथ्यमा दिपावली स्नेह मिलन कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रममा विशिष्ट अतिथी नेपाल रास्ट्रय मारवाडी परिषदका केन्द्रीय सदस्य प्रदीप मित्तल , नेपाल रास्ट्रय मारवाडी युवा संगठनको क्षेत्रीय सभापति अभिसेक चौधरी , मारवाडी सेवा ट्रषटका अध्यक्ष बाबुलाल चाचान , मारवाडी महिला मंचकि अध्यक्ष श्रीमती रेणु अग्रवाल , बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , बिरगंज उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एवं वरिष्ठ उघोगपति अशोक बैध लगायतकाको उपस्थिति रहेको थियो। सो कार्यक्रममा ससाना बालबालिकाहरुले आफ्नो नित्य प्रस्तुत गरेर दिपावली स्नेह मिलनका शुभकामना आदान पनि गरेका थिए भने कार्यक्रममा महिला विद , समाजसेवी , व्यापारी , आमनागरिक , सज्जन एवम् सन्चारकर्मी लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।




