आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी ।

आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी ।

राहुल गुप्ता
बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा अग्नी ग्रुप विजयी भएको छ । चार समूह मध्य समूह डी बाट ओम्नी ग्रुप र अग्नि ग्रुप बिच आदर्शनगर रंगशालामा भएको खेलमा अग्नी ग्रुप ८६ रनले विजयी भएको हो ।

जारी रहेको खेलमा ११४ रनको लक्ष्यले पछ्याएको अग्नि ग्रुप २८ रनमा अल आउट भएपछी ८६ रनले अग्नी ग्रुप विजयी भएको वीरगन्ज स्पोर्ट्स एकेडेमीका नरेश रौनियारले जानकारी गराएका छन । खेलको म्यान अफ दी म्याच अग्नी ग्रुपका ३६ रन बनाएका सुभास कुमार घोषित भएका छन।

प्रतियोगिता लायन्स क्लब अफ बिरगंज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा जारी रहेको छ । प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको नरोतम पाण्डे ले जानकारी गराएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close