राजनीतिक खिचातानीमा बिरगंज यातायातका एक कर्मचारी

राजनीतिक खिचातानीमा बिरगंज यातायातका एक कर्मचारी

राहुल गुप्ता
नेपालमा प्रजातन्त्र आएपछि विभिन्न राजनीतिक दलले भागबण्डा गरेर कम योग्य व्यक्तिलाई मनोनीत गरिने गरिएको छ। कतिपय आयोगमा राजनीतिक दलको भागवण्डामा कुरा नमिलेर लामो समयसम्म पद रिक्त रहन्छ। त्यस्ता आयोगले आफ्नो काम राम्रोसँग गर्न सक्ने कुरै भएन।त्यस्तै अहिले वीरगन्जको यातायात ब्यवस्था कार्यलयमा कम्प्युटर अपरेटर पदमा काम गर्दै आएका शेष रजाउल हक मधेस प्रदेश सरकारको रबैयाले तनावमा परेका छन ।

कम्प्युटर अपरेटरको छैटौं पदमा कार्यरत रहेका हक मधेस सरकारका तत्कालीन मन्त्रीले ३ महिनाको लागि उनलाइ वीरगन्ज स्थित काजमा पठाएको तर ३ महिना बिते पनि सरकार ले अरु कुनै ब्यवस्था नगरेको कारण हाल सम्म उनी सोही स्थानमा काम गर्दै आएका छन । तर अहिले मधेस सरकारको राजनीतिक खिचातानी ले गर्दा उनलाइ तनाव बनाएको छ ।

प्रहार डेलि डट कम संग कुरा गर्दै उनले मैले इमानदारीक पुर्वक काम गरेकै कारण बिचौलियाहरु ले मलाइ कहिले कता सरुवा गराउन खोज्छन् त कहिले झुटो आरोप लगाउन खोज्छन । बिचौलियाहरुको माग नमाने पछि उनिहरु ले कहिले प्रदेश मन्त्रालय पुग्छन त कहिले केन्द्र मन्त्री संग सरुवा गराउन हारगुहार लगाउने गरेको उनले बताए ।

त्यस्तै उनले राजनीतिक खिचातानी कै कारण आफू मानसिक तनाव परेको बताएका छन । राज्यले कर्मचारीहरु लाई काम गर्न वातावरण बनाउनु पर्ने बताए । यस्तो राजनीतिक चपेटामा परेर काम गर्न कठिनाइ भइरहेको उनले बताए । आफुहरु जनताको सेवा गर्न आएको ले सो अनुसार काम गर्न दिनुपर्ने उनले बताए । बढी राजनीतिक चपेटामा परेर आफू बाढ्य भएर राजिनामा दिने दिन नआओस उनले दुखोस पोखे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close