राजा आउ दैश बचाउ भन्दै वीरगंजमा ३०४ औ पृथ्वी जयन्ती एंव राष्ट्रिय एकता दिवस मनाइयो

राजा आउ दैश बचाउ भन्दै वीरगंजमा ३०४ औ पृथ्वी जयन्ती एंव राष्ट्रिय एकता दिवस मनाइयो

नेपाल रासट्रबाद सघं ,नेपाल बिदत परिषद,शिव सेना नेपाल,देश भक्त राजभक्त,बीर गोरखाली,राष्ट्रबादी नागरिक समाज,राष्ट्रिय संघर्ष समिती, राष्ट्रबादी शान्ती समुह,बिश्व हिन्दु महासंघको संयुक्त आयोजनामा राष्ट्रनिर्माता-श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औ जन्मजयन्ती एंव राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा र्याली निकालिएको छ।

वीरगंज को घण्टाघर चोकबाट निसकेको र्याली बाजागाजा सहित घणटाघर हुदै माइथान अलखियामठ़ हुदै घडिर्वापोखरी हुदै घण्टाघर मा आएर कोणसभामा परिणत भएकोथियो। कोण सभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले पृथ्वीनारायण शाहको बारेमा चर्चा परिचर्चा गर्दै जन्मजयन्तीको शुभकामणा दिदै यो देशको कुनै पार्टी वा नेता ले चलाउन सक्दैन त्यो मात्र राजा ले चलाउन सक्नुहुन्छ भनि आफनो भनाइ राखनु भएका थिए भने कुनै पनि पार्टी संगठन ले राजसंस्था र हिन्दु राष्ट्र को लागि गरिने कार्यक्रममा आ-आफ्नो सहभागिता जनाउन को लागि आग्रह समेत गरेका थिए।

उक्त जन्मजयन्ती एंव राष्ट्रिय एकता दिवसको अवसरमा रामनारायण साह, सतार अंसारी,पृथवी झा,अनु राणा,बिरेन्द्र थापा,दिपेन्द्र रौनियार,प्रेम सरार्फ,संगिता देबी साह,उमाशंकर प्रसाद,राजेन्द्र पाल,बजरंगी,बिसनु कुमार दास, संतोष गुप्ता,अच्छेलाल साह,राजेश यादव,बिरेन्द्र साह तेली,परमेश्वर साह पवन प्रसाद साहले पृथ्वीनारायण शाहको बारेमा चर्चा परिचर्चा गर्दै जन्मजयन्तीको शुभकामना दिदै राजतन्त्रको आवश्यकता रहेको धारणा राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close