बिरगंज जेसिजको नया कार्यसमिति द्वारा मानवसेवा आश्रममा नगद तथा बिहानको भोजन सहयोग

बिरगंज जेसिजको नया कार्यसमिति द्वारा मानवसेवा आश्रममा नगद तथा बिहानको भोजन सहयोग

बिरगंज जेसिजको नया कार्यसमिति द्वारा पहिलो कार्यक्रम अन्तर्गत आश्रममा नगद १८ हजार ७ सय एवम् बिहानको भोजन साथै खाद्यान्न सामग्री योगदान।

५२ औं बार्षिक साधारण सभा बर्ष २०२५ को लागि नया कार्यसमिति चयन भए लगतै सरोज चैरसिया साथै बिरगंज जेसिज परिवारले पहिलो कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम बिरगंजमा बिहानको भोजन साथै खाद्यान्न सामग्री योगदान गर्नु भएको छ !!

यस कार्यक्रमको अध्यक्षता बर्ष २०२५ का अध्यक्ष आदरणीय सरोज चौरसियाले गर्नु भएको थियो भने कार्यक्रमा कार्यकारी उपाध्यक्ष पप्पु गुप्ता, सेराज अन्सारी ,महा सचिब रबिन्द्र श्रेष्ठ सह महासचिव राकेश कुश्वाहा, उपाध्यक्ष रंधिर बर्नावाल,रामानन्द चौधरी, रोशन दास थारु, निरन्जन शाह,कोषाध्यक्ष अजय राउत, पुर्व अध्यक्ष सन्तोष खनाल , जितेन्द्र पुरुष ढकाल , अशोक गुप्ता , शेखर चौधरी, २००९ का अध्यक्ष निशान्त लामिछानेको गरिमामय उपस्थिति रहेको थियो साथै कार्यक्रमका प्रमुख अतिथिमा नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष प्रो, डा. दीपक शाक्यले गर्नु भएको थियो।

साथै जेसीजको आस्था पाठ मा उल्लेख भए बमोजिम ” मानवाता को सेवा नै जिवनको सर्बोत्तम कार्य हो ” भन्ने मुल उदेश्य को साथ आजको कार्यक्रम आयोजना गरिएको साथै आउने दिनमा मानवसेवा आश्रम संग सहकार्य गरेर थुप्रै कार्य हरु गर्ने अध्यक्ष सरोज चौरसिया ज्यु बताउनु भयो ।

कार्यक्रमको होस्टिंग र जानकारी मानवसेवा आश्रम बिरगंज शाखाका संस्थापक देवश गुप्ताले गर्नु भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close