माडवारी सेवा केन्द्रद्वारा बिद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री बितरण

माडवारी सेवा केन्द्रद्वारा बिद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री बितरण

माडवारी सेवा केन्द्र नारायणगढले एक बिद्यालयका बिद्यार्थीहरुलाइ शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । मारवाडी सेवा केन्द्र नारायणगढले आज सरस्वती पुजाको अबसर पारेर भरतपुर ११ स्थित श्री सिध्दि जनकल्याण आधारभुत बिधालयका १२० जना बिधार्थी लाई शैक्षिक सामाग्री तथा बिधालय लाई खेलकुद सामाग्री बितरण गरेको छ।

सेवा केन्द्रका अध्यक्ष पन्कज अग्रवालको सभापतित्वमा र बागमती प्रदेश सासद माननिय बिनु रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मारवाडी राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशकर अग्रवाल मारवाडी सेवा केन्द्रका पुर्ब अध्यक्ष प्रमोद चाचान , बिधालय ब्य्बस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा , बिधालयका प्र अ कमला पौडेल , बडा न ११ का वडा सद्स्य सिता रणपाल , नारायणगढ राउन्ड टेबल १४ का अध्यक्ष प्रबिण बन्शल , नारायणगढ राउन्ड टेबल १४ का पुर्ब अध्यक्ष डा सन्दिप गर्ग सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्य समिती सद्स्य प्रदिप अग्रवाल , अशोक अग्रवाल , मदन लाल पोद्दार , मुकेश अग्रवाल , दिलिप डागा हितेश लखोटिया लगायतको उपस्थिती रहेको थियो ।

सेवा केन्द्रका उपाध्यक्ष बिकाश बर्मा ले स्वागत मन्त्ब्य राखेका थिए भने सेवा केन्द्रका महासचिब निरज अग्रवालले कार्यक्रमको सहजिकरण गरेका थिए। सभार:- Gauriganj Darpan

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close