जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

सविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य द्वारा सभापतिका उमेदवार राजु गुप्ता लाई चुनाव लड्न शुभकामना

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

वीरगन्जको ठाकुरराम क्याम्पसकाे स्ववियु सभापतिमा उम्मेदवारी दिएका जय नेविसंघका राजु गुप्ताको समुहलाई सविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यसहित कांग्रेसका दिग्गज नेताहरुले समर्थन गरेका छन्।

कांग्रेस पर्साका पूर्वसभापति समेत रहेका संविधानसभा सदस्य अमात्य,नेविसंघका केन्द्रीय सदस्य एंव कांग्रेस नेता शम्भु चाैहान,विजय कर्ण,कांग्रेस महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ,उपसभापति सन्ताेष गुप्ता,पूर्व स्ववियु सभापति मनाेज यादव,पूर्व स्ववियु उपसभापति सन्ताेष सिंह,कांग्रेस युवा नेता राेशन लामिछाने ,नेविसंघका निवर्तमान इकाइ सभापति मनाेज साह लगायतका दिग्गज नेताहरुले गुप्ताको समुहलाई समर्थन जनाएका हुन्।

संविधानसभा सदस्य अमात्यले सभापतिका उम्मेदवार गुप्तासहित उनका टिमका उम्मेदवारहरुलाई आफ्नै निवासमा बाेलाएर स्ववियु निर्वाचनमा जितका लागि शुभकामना दिए।चुनावमा उच्च मनाेबलका साथ अगाडि बढ्न सुझाव दिदैं अमात्यले लोकतान्त्रिक मूल्य र आदर्शलाई आत्मसात गर्दै चुनावमा हाेमिन आग्रह पनि गरे।

चैत ५ काे स्ववियु चुनावलाई मध्यनजर गर्दै ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार मनोनयन दर्तापहिले अमात्य निवासमा पुगेका गुप्तासहितका विद्यार्थी नेताहरुलाई अमात्यले टीका लगाएर जितकाे अग्रिम शुभकामना पनि दिए ।

उक्त अवसरमा राजु गुप्ताको उम्मेदवारी र उनको पक्षमा देखिएको जनलहरले आगामी स्ववियु निर्वाचनमा जय नेपाल विद्यार्थी संघको जितको सम्भावना बलियो रहेको बुझिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close