पुनौराधाम, सीतामढ़ीमा माता जानकी मन्दिरको शिलान्यास तथा भूमि पूजन भव्य रूपमा सम्पन्न

पुनौराधाम, सीतामढ़ीमा माता जानकी मन्दिरको शिलान्यास तथा भूमि पूजन भव्य रूपमा सम्पन्न

सीतामढ़ी, बिहार — ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने पुनौराधामस्थित माता जानकी मन्दिरको शिलान्यास तथा भूमि पूजन कार्यक्रम आज भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा भारत सरकारका गृह मन्त्री माननीय अमित शाह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिमा बिहारका मुख्यमन्त्री नितीश कुमार, विभिन्न मन्त्रीहरू, धर्मगुरुहरू तथा उद्योगपतिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूमध्ये समाजसेवी तथा उद्योगपति ध्रुव कुमार विशेष रूपले चर्चित थिए।

यस ऐतिहासिक अवसरमा अयोध्या र जनकपुर लगायत विभिन्न क्षेत्रबाट आएका हजारौं साधु-सन्तहरूको सहभागिता उल्लेखनीय रह्यो। लाखौं श्रद्धालुहरूले पूजा स्थलमा पुगेर यस पावन क्षणको प्रत्यक्ष साक्षी बन्ने अवसर पाए।

पवित्र माता जानकीको कृपाबाट यस पुण्यभूमिमा पुग्ने सौभाग्य मिलेको बताउँदै सहभागीहरूले कार्यक्रमको समुचित व्यवस्थापन तथा सुरक्षामा संलग्न प्रशासनप्रति हार्दिक आभार प्रकट गरेका छन्।

यस मन्दिरको निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close