बारामा वडा अध्यक्ष ब्रिजकिशोर कुशवाहा पक्राउ

बारामा वडा अध्यक्ष ब्रिजकिशोर कुशवाहा पक्राउ

बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष ब्रिजकिशोर कुशवाहा आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा आइतबार पक्राउ परेका छन्।

साउन २८ गते शिक्षक नागेश्वर कुमार यादवलाई आफ्नै वडा कार्यालयमा करिब आठ जनाको समूहले मदिरा सेवनपछि कुटपिट गरेको घटनामा उनी संलग्न भएको प्रहरीको आरोप छ। पीडितको उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको छ।

यसअघि पनि कुशवाहामाथि कुटपिट, चेक अनादर र आपराधिक लाभ सम्बन्धी तीन फरक मुद्दामा बारा जिल्ला अदालतले जरिवाना सजाय तोकेको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनी फरार भएका थिए। लामो समय फरार रहेपछि कुशवाहा यस वर्ष जेठ ११ गते पक्राउ परेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close