
पाकिस्तानमा चालक दलसहित १ सय ७ यात्रु बाेकेकाे विमान दुर्घटना
पाकिस्तान , जेठ ९, २०७७ एजेन्सी ।
पाकिस्तानको व्यापारिक राजधानी कराँचीमा यात्रुवाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको उक्त विमान कराँची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटनास्थलमा धुँवाको मुस्लो देखिएको बताइएको छ। दुर्घटनामा के कति हताहति भए भन्ने विवरण आउन बाँकी रहेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनपछि पुनः हवाई उडान सुरु भएको थियो। विमानमा चालक दलका सदस्यसहित १ सय ७ जना सवार रहेका थिए। जसमा ९९ जना यात्रु र बाँकी चालदलका सदश्य रहेको बताइएको छ। स्थानीय समयअनुसार आज दिउँसा १ बजे लाहोरबाट उक्त जहाजले कराँचीका लागि उडान भरेको थियो। पाकिस्तानमा यसअघि सन् २०१० को जुलाई २८ र २०१२ को अप्रिल २० मा विमान दुर्घटना भएको थियो ।
Source : thahakhabar




