मधेस प्रदेशमा गगन थापाको प्रभाव स्थापित गराउन बारा कांग्रेस सचिव राजेश रौनियारको निर्णायक भूमिका

मधेस प्रदेशमा गगन थापाको प्रभाव स्थापित गराउन बारा कांग्रेस सचिव राजेश रौनियारको निर्णायक भूमिका

मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता गगन थापाको राजनीतिक प्रभाव र माहोल निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति बारा जिल्लाका कांग्रेस सचिव राजेश रौनियार रहेका छन्। गगन थापालाई पार्टी नेतृत्वमा स्थापित गराउन दिनरात नभनी निरन्तर संघर्ष गर्ने नेतामध्ये रौनियार अग्रपंक्तिमा पर्छन्।

गगन थापा केन्द्रीय सदस्यसमेत नबनिसकेको समयदेखि नै बारा जिल्ला मात्र होइन, समग्र मधेस प्रदेश र देशव्यापी रूपमा उहाँप्रति सकारात्मक माहोल निर्माण गर्न र युवा वर्गमा विश्वास जगाउन रौनियारले उल्लेखनीय योगदान दिएका थिए। गगन थापाको नीति, दृष्टिकोण र नेतृत्व क्षमतालाई आम क्रियाशील कार्यकर्तासम्म पुर्‍याउन उहाँले निस्वार्थ भावनाका साथ काम गर्दै आएका छन्।

रौनियारले गगन थापासँग धेरै राजनीतिक उतारचढाव देखे कहिले नजिक, कहिले टाढा—तर गगन थापाप्रतिको उहाँको प्रतिबद्धता कहिल्यै कमजोर भएन। “राजेश रौनियार थिए, छन् र रहिरहनेछन्” भन्ने विश्वास कांग्रेस वृत्तमा व्यापक रूपमा व्यक्त गरिन्छ।

विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान सञ्चालन गर्दा रौनियार दिनरात मोटरसाइकलमा दौडिएर बारा जिल्ला मात्र होइन, अन्य जिल्लाका महाधिवेशन प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट गर्दै विशेष महाधिवेशनको आवश्यकता बारे स्पष्ट पार्दै हस्ताक्षर संकलनमा जुटेका थिए। यही सक्रियताको परिणामस्वरूप बारा जिल्लाबाट करिब ५० प्रतिशत महाधिवेशन प्रतिनिधि तथा सयौँ नेता–कार्यकर्तालाई काठमाडौंको भृकुटीमण्डपमा उपस्थित गराउन उहाँ सफल भए।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको ग्यारेन्टीसहित गरिएको यो संघर्ष गगन थापाको जितसँगै सार्थक भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। गगन थापाप्रति राजेश रौनियारको अथक मेहनत, अटुट विश्वास र दीर्घकालीन लगानीले अन्ततः परिणाम दियो र गगन थापा पार्टी इतिहासकै सबैभन्दा कान्छो सभापति बन्न सफल भए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close