भारतबाट पाल्पा आउनेहरुलाई नाकामै बस लिन जान थाल्यो, १६७ जना जिल्ला भित्रिए

पाल्पा । भारत रेल तथा सवारी चल्न थालेपछि भारतबाट १६७ जना पाल्पा आइपुगेका छन् । भारतसँग जोडिएका विभिन्न नाकाबाट उनीहरूको उद्दार गरि पाल्पा ल्याइएको कोरोना भाइरस (कोभिड १९) हेल्प डेस्कका संयोजक टुक प्रसाद भट्टराईले बताए ।

नाकामै पुगेर बसले उद्धार गरि ल्याउन थालेपछि पाल्पालीहरु खुशी भएका छन् । उनीहरू अब सिधै जिल्ला आउन पाएका छन् । उनीहरूले सीमा नाकाबाट आफ्नो गाउँसम्म पुग्नको लागि भाडासमेत तिर्नुपर्ने छैन । उनीहरुलाई ल्याउन स्थानीय सरकारले निशुल्क गाडीको व्यवस्था मिलाएको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए । रूपन्देहीको बेलहिया नाका, कपिलवस्तुको कृष्णनगर नाका र नवलपरासीका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका पाल्पा घर भएकाहरूको उद्धार गरिएको पाल्पामा स्थापना गरिएको होल्डिङ क्वारेन्टाइनमा ल्याउन थालिएको उनले बताए ।

भारतमा सीमा नाकामा आफूहरू अलपत्र परेको गुनासो बढ्दै गएपछि जिल्ला स्तरमा यस्तो निर्णय भएको हो । भारतबाट आउन चाहनेहरूले सम्पर्क गर्नको लागि हेल्पडेस्क स्थापना गरिएको छ । तानसेन नगरपालिका १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईको संयोजकत्वमा कोरोना भाइरस (कोभिड १९) हेल्प डेस्क स्थापना गरिएको हो । जसको सदस्यमा तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधि रहेको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख मिरा मरासिनीले बताइन् ।

ल्लामा रहेका दुई नगरपालिका र ८ वटा गाउँपालिकाको सहकार्यमा हेल्प डेस्क स्थापना गरिएको छ । दशवटै स्थानीय तहले १, १ लाखका दरले हेल्प डेस्कमा कोष स्थापना गरेका छन् । अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने भारतबाट आउने जोसुकै अनिवार्य जिल्लाको सदरमुकाम तानसेनमा स्थापना गरिएको होल्डिङ क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ । बढीमा तीन दिन यहाँ बस्नुपर्ने छ । भारतीय कुनैपनि नाकाबाट प्रवेश गरेका उनीहरू पहिले तानसेनमा रहेका क्वारेण्टाइनमा आउनुपर्ने छ । आरडिटि वा पीसीआर गरेपछि मात्र उनीहरू आफ्नो स्थानीय तहमा जान पाउने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । रिपोर्ट पोजेटिभ आएका व्यक्ति भने होल्डिङ्ग क्वारेण्टाइनबाट आइसोलेसनतर्फ जानुपर्ने र नेगेटिभ रिपोर्ट आएकाहरूलाई मात्र सम्बन्धित स्थानीय तहमा पठाइने उनले बताए ।

तर सम्बन्धित स्थानीयतहमा पुगेपछि भने त्यहाँ रहेको क्वारेण्टाइनमा १४ दिन बस्नुपर्छ । १४ दिनपछि आरडिटि परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएकाहरूलाई थप एकहप्ता होम क्वारेण्टाइनमा बस्ने शर्तमा घरमा पठाइने उनी बताउँछन् । लकडाउका बेला भारतका विभिन्न नाकाबाट प्रवेश गरी लुकेर गाउँ छिर्न थालेपछि कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि थप उपायस्वरूप यस्तो निर्णय गरिएको प्रजिअ सुवेदीले बताए ।palpasamachar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close