वीरगञ्ज–१२ मुर्लीमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध

वीरगञ्ज–१२ मुर्लीमा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।

अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ। त्यस्तै, उपसभापतिमा मनीर मन्सुरी र महिला उपसभापतिमा अनीता छेत्री चयन हुनुभएको छ।

यस्तै, सचिवमा सन्तोष कर्ण तथा सह–सचिवमा अनिल ओझा चयन हुनुभएको जनाइएको छ। अधिवेशनबाट वडा कार्यसमितिका अन्य आठ जना सदस्यसमेत चयन भएका छन्।

अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको छ।

वडा अधिवेशनमार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना निर्माणसँगै आगामी महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेस पर्साका अनिल ओझाले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close