अनुप तिवारी सांसद उम्मेदवारमा सिफारिस

पर्सा क्षेत्र नम्बर ४ बाट समानुपातिक सासंद उम्मेवारमा पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको नाम सिफारिस भएको छ ।

नेकपा एमालेको पर्सा निर्वाचन क्षेत्र ४ समन्वय कमिटीको बैठकले तिवारीलाई समानुपातिक सांसदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

तिवारी संगै जिल्ला समन्वय समिती पर्साको पूर्व सहसंयोजक ठाकुर न्यौपाने ,मजिद मियां,राजेश लामा ,उषा देवी थरूनीको नाम सिफारिश भएको हो ।

पर्सामा नेकपा एमालेले समानुपातिक उम्मेदवारहरू सिफारिसमा पत्रकारहरूलाई प्राथमिकतामा दिएको छ ।

यस अघि एमाले निर्वाचन क्षेत्र १ , २, र ३ बाट पत्रकार महेश दास ,श्याम बन्जारा,केसी लामिछाने,लालबाबु शेख,संजीव मिश्रालाई सिफारिस गरेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close