
पिसिआर मेसिन खरिदको लागी टेन्डर आवाहन, छिटै पर्सालाई ग्रिन जोन बनाउने मेयरको प्रतिबद्धता ।
बिरगंज , जेष्ठ २२ गते बिहीबार ।
बिरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी ज्यु को PCR मेसिन र VTM किट किन्ने र बिरगंज मात्र नभै पुरा पर्सा जिल्लालाई नै कोरोना मुक्त गर्ने अडानले सथर्कता पाउने भएको छ। बिरगंजबासीहरु को माया र विभिन्न संघ सस्था ,उधाेगी, ब्यवसायीहरुको सहयाेग र शुबेक्क्षाका कारण वीरगन्ज महानगरपालिकाले Real time automatic PCR मेशिन खरिदका लागि पाँच दिने सूचना अाज अाब्हान गरेको छ ।
यसरी मेयर सरावगीले आफु पुरै पर्सा जिल्लालाई नै करोना बाट मुक्त गरि Green Zone बनाउन खोजेको र आफु यो जसरी भए पनि गरेर नै छाडने बताउदै भगवानको आशीर्वाद र बिरगंजबासीहरुको माया का कारण आउने दस दिन भित्र महानगरले खरिद गरेको मेसिनले नै परिक्षण हुने बताएका छ्न।
आफ्नो प्रतिक्रिया दिनुहोस




