पर्साको छिपहरमाई गापाको भिस्वामा ३३ जनाद्वारा रक्तदान ।

पर्सा , पोखरिया । जेष्ठ २३ गते शुक्रबार ।

पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वामा अाज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।
छिपहरमाई गाउँपालिकाको सहयोग र युवा समाज भिस्वाको अायोजना र रक्तसंचार केन्द्र बिरगंजको प्राबिधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो। सो रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको युवा समाज भिस्वाको अध्यक्ष मनोज पटेलले जनाए ।

युवा समाज भिस्वाका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा अनिस गुरुङ , दिपक कुमार गुप्ता , शिधार्थ,रामपुकार कुमार, आदित्य कुमार शाह, राजेश शाह, चन्दन शाह, राजु पंडित, सन्तोष कुमार ठाकुर, राजा हुसेन,बिक्की चौरसिया,बलिराम साह,संदिप साह कानु,अशोक कुमार,सुजीत पटेल, रुपेश ठाकुर,प्रदिप कुशवाहा,नाजिर अंसारी ,नुरहोदा मियाँ ,प्रेमसागर पंडित,मनिलाल साह,दिनेश महतो,बिराज साह,प्रदिप चौरसिया, लगायत ३३ जनाले रक्तदान गरेका छन ।

रक्तदान जीवन दान भन्ने नारा को साथै रक्तदान गर्नेहरुलाई युवा समाजका अध्यक्ष पटेलले रक्तदाता हरुलाई धन्यवाद दिदै प्रमाण पत्र समेत बितरण गर्नु भएको थियोे ।रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रको प्रमुख सौरभ कुमार पाण्डे , सशस्त्र प्रहरी बल बोर्डर अाउट पोष्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक हरि पराजुली, प्रहरी चौकी भिस्वाका प्रहरी नायब निरिक्षक प्रेम खत्री , रक्तसंचार केन्द्र प्राबिधिक सुजित पटेल,संदिप कुशवाहा, प्रदिप चौरसिया लगायतकाको सहभागिता रहेको थियोे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close