कृष्णनगरको आइसोलेशन बेडबाट थप २४ जना कोरोना जितेर घर फर्किए

कृष्णनगरको आइसोलेशन बेडबाट थप २४ जना कोरोना जितेर घर फर्किए

भोला गुप्ता
जेष्ठ ३१– कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका थप २४ जना कोरोना सङ्क्रमित उपचार पश्चात् शनिवार घर फर्केका छन् । कृष्णनगरमा सञ्चालित आइसोलेशन सेन्टरमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् ।

पुनः परीक्षण पश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको स्वास्थ्य शाखाका सह–संयोजक अनिल कुमार विश्वकर्माले जानकारी दिनुभयो । कृष्णनगरको आइसोलेशन सेन्टरमा हाल १७ जना कोरोना संक्रमित उपचार गराईरहेको विश्वकर्माले बताउनुभयो ।

नगरपालिका प्रमुख रजत प्रताप शाहले निको भएका सबैलाई खादा ओढाउँदै बधाई दिनुभएको थियो । नगरपालिका प्रमुख शाहले सबैलाई घरमै एक हप्तासम्म एकान्तवासमा सतर्कतापुर्वक बस्न अनुरोध गर्दै बिदाई गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close