युपीको सीतापुर खैराबाद क्षेत्रका करिब आधा दर्जन गाँउहरु भाईरल ज्वरोबाट ग्रसित

एजेन्सी/यूपीको सीतापुरको खैराबाद क्षेत्रका करिब आधा दर्जन गाँउहरुमा ठूलो संख्यामा बालबालिका र वृद्धहरु ज्वरोबाट ग्रसित रहेको बताइएको छ। त्यहाका स्थानिय प्रशासनले यसलाई सामान्य भाइरल भन्दैछ, तर जसरी ज्वरो बाट पीडित मानिसहरुको संख्या बढ्दै गएको छ, जसको कारण आउँदो दिनहरुमा स्थिति झनै गम्भीर बनेको छ। स्वास्थ्य विभाग अनुसार गाउँ औषधि वितरण गरीरहेको छ। खैराबाद क्षेत्र को असोधड़ , मधवापुर,, उल्जापुर गाँउहरुमा, बच्चाहरु र वृद्धहरु लाई केहि समय को लागी ज्वरो

आएको जानकारी लगतै स्वास्थ्य विभागको टोली यी गाउँहरुमा पठाइएको थियो। टोली त्यहाँ गयो र केहि मानिसहरुलाई ज्वरोको औषधि वितरण गरे पनि बिरामीहरुको संख्या बढ्दै गएको बताईएको छ।

त्यहा रहेको जिल्ला अस्पतालका डाक्टरका अनुसार विगत दुई हप्तामा ९० जना बालबालिका ज्वरोबाट पीडित भएपछि अस्पताल भर्ना भएका छन्। त्यहाँ कुनै बच्चाको मृत्युको खबर छैन, त्यहाँ ज्वरोबाट पीडित बालबालिका र वृद्धहरुको संख्यामा लगातार वृद्धि भएको छ।

गाउँलेहरु भन्छन् कि गाउँ मा धेरै घरहरु छन् जहाँ सम्पूर्ण परिवार ज्वरो बाट पीडित छन्। गाउँलेहरु यसलाई मस्तिष्क ज्वरो, मलेरिया र डेंगु आदि नाम दिइरहेछन् तर डाक्टरहरु यो सामान्य भाइरल भन्दै छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close