
बिरगंज , असार १० गते बुधबार ।
८८अैां दिन पनि साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले बुधबार पनि निरन्तर आफ्नो दैनिकी सामाजिक जिम्मेवारी निर्वाह गर्दै गरिब , अतिबिपन्न , बेसहारा , निमुखाहरूलाइ निसुल्क भोजन वितरण गर्दै आईरहेको छ। असार १ गते देखी नै लकडाउन केहि खुकुलो गरेपनि सहज बाताबरण नभएको , काम र रोजगारी नभएकोले त्यस्ता गरिब , असहायहरुलाई हामिले अहिले सम्म निसुल्क भोजन बितरण गरेको सस्थाका सल्लाहकार राजेशमान सिंहले पर्सा पोस्टलाई बताउनु भयो । भोजन बितरण कार्यमा निरन्तर सहयोग गर्दै आईरहनु हुनेमा राजेश सिंह,किशोर सिंह ठकुरी,विक्रम नगरकोटी,मनीष सिंह ठकुरी,अशोक महर्जन , रामनिवास सोनार रहेका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस




