
बिरगंज , जेष्ठ ०२ गते आइतबार ।
स्थानीय समाजसेवी ज्योति रुंगटाले ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरलाई ८० पिस अक्सिमिटर उपलब्ध गराएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा स्वास्थ्य परीक्षणका लागि महत्वपूण मानिएको अक्सिमिटर रुंगटाले सहयोग गरेका हुन् ।
शरिरमा अक्सिजनको मात्रा मापन गर्न अक्सिमिटर उपयोगी यन्त्र हो । जसको सहायताले घरमै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोग बिना आफै अक्सिजन मापन गर्न सकिन्छ । ग्रिनसिटि सेवा केन्द्र आदर्शनगरका कोषाध्यक्ष ज्योति रुंगटाले आफ्नै व्यक्तिगत खर्चबाट महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै ८० पिस अक्सिमिटर सहयोग गरेका हुन् ।
वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक राजेशराज पुरी, बरिष्ठ पत्रकार रामकुमार सर्राफ, कन्हैयालाल केशरी, केन्द्रका सदस्यहरु सर्फुदिन मियाँ, बब्लु अग्रवाल, मुकेश खेतान, मुरलि जलान , त्रिलोकचन्द दारुका लगायतको उपस्थितीमा सहयोग उपलब्ध गराएका हुन् ।
सहयोगस्वरुप प्राप्त अक्सिमिटर होम आइसोलेसनमा रहेका र अक्सिजनको मापन गर्नुपर्ने अवस्थामा निःशूल्क रुपमा वितरण गरिने सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले प्रहार डेलीलाई जानकारी दिनुभयो।




