राष्ट्रिय युवा संघ नेपाल पर्साको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा ३ महिला सहित ११३ जनाले गरे रक्तदान ।

बिरगंज , असार १३ गते शनिबार ।

जननेता कमरेड मदन भण्डारी ज्युको ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बिरगंजको घन्टाघर अगाडि बिपि उधानको खाली जग्गामा शनिबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादवले पहिले रक्तदान गरि कार्यक्रम सुरु गरेको थियो । सो रक्तदान रक्तदान कार्यक्रममा ३ महिला सहित ११३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नु हुनेमा दुर्गा पौडेल , निर्जला पौडेल , पुजा बस्नेत , युवा संघका केन्द्रिय सदस्य अरुण यादव , अकलेस साह, हेमन्त तामाङ , वृजलाल पासवान , तिवारी यादव , मुकेश पाल शिवशन्कर यादव , राहुल केसरी , वडा न.८ का वडा अध्यक्ष राजकिशोर गुप्ता , अशगत अलि , अलि हुसेन , बाबुराम खनाल लगायतकाले रक्तदान गरेका थिए ।

राष्ट्रिय युवा संघको संयोजक महमद नेजामको अध्यक्षतामा र नेकपा पर्साका संयोजक प्रभु हजराको प्रमुख आतिथ्य भएको रक्तदान कार्यक्रममा नेकपाक केन्द्रिय सदस्य दिनेश राई , प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव , किशोरी कुशवाह , रामबाबु बैठा, बाबुराम कौशिक , संविधान सभा सदस्य राजकुमार गुप्ता , पार्टीका नेता नवराज शर्मा , अरबिन्द सिंह , बलराम साह , शिवजी साह, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने , पर्सा अध्यक्ष श्याम बन्जरा लगायत युवा संघकाका पदाधिकारीहरु , पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रम सन्योजक विद्यार्थी नेता ओमप्रकाश गुप्ता रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण पिन्टु रौनियारले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close