
बिरगंज , बैशाख २२ गते सोमबार
अजित भुजेल
श्री पद्यमा डिजिटल इलेक्ट्रोनिक्सका संचालक एवं स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय सहकोषाध्यक्ष अंकित जलानले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित बुद्ध नगरमा गरिब, अतिबिपन्न , दैनिक ज्यालादारी गर्ने ५० घरपरिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
दैनिक ज्यालादारी गरि खाने गरिब तथा विपन्न परिवारलाई लकडाउनले घरपरिवार चलाउन अफ्टयारो भईरहेको बेला व्यापारी अन्कित जलानले सोमबार गरिबलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
उनले आफू ठुलो व्यापारी नभए पनि अहिलेको विपतीमा आफू सकेजति मानव सेवा गर्नु अहिलेको दायित्व र कर्तव्य रहेकोले गरिब घरपरिवार हरुलाई राहत दिने कार्यमा जुटेको बताए ।
दिनहु कमाएर खाने रिक्सा चालक, ठेला चालक तथा मजदुरहरुले खान नपाएर भोकभोकै बस्नु पर्ने अवस्था अहिलेको लडाउनले निमत्याएपछि निःस्वार्थ रुपमा मानव सेवाका निम्ति श्री पद्यमा डिजिटल ईलेक्ट्रिोनिक्स का संचालक एवं समाजसेवी अंकित जलानले ५ केजी चामल, १ केजी सोयाबिन, ५०० ग्राम तेल र एक पाकेट नुनसहित राहत वितरण गरेको स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालले जानकारी दिनु भएको थियो ।
उनी यसअघि वीरगंज महानगरपालिका वडा नं. २ र ३ मा पनि रिक्सा चालक, ठेला चालक तथा दैनिक मजदुरी गरी खानेलाई खाद्यान्न सामाग्री वितरण गरेका थिए ।
उनले आज गरेको राहत वितरणबाट स्थानीय निकै नै लाभावित भएका छन् र प्रसंशा गरेका छन् ।
कोरोना महामारीको बेला उत्पन्न भएको परिस्थितिमा यस्तै सबै मानवले मानवताको कर्तव्य सम्झि गरिबहरुको राहतमा लाग्ने स्थानीयहरुले अपिल समेत गरेका छन् ।सो कार्यक्रममा पोखरिया नगरपालिका मेयर दिपनारायण रौनियार , वडा न.१६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया , बुद्धनगर समाज सुधार टोल समितिका अध्यक्ष राधा बैठा, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय सभापती कृष्ण कुमार खनाल , महासचिव दिपक साह कानु , केन्द्रिय सदस्य बिकाश अग्रवाल , महिला सदस्य बिनादेबी बैठा लगायतकाको सहभागिता रहेको थियो ।




