
राजन कुमार बानिया
पोखरिया ७ भादौ
पर्सा को पोखरिया नगरपालिका वार्ड नं ४ मा रहेको पोखरिया अस्पताल मा बनाईएको अाईसलेसनमा अाज एक कार्यक्रम गरी युवा समाज पोखरिया ले ६ सय वटा पानी को बोतल बितरण गरेका छन।पोखरिया अस्पताल मा बनाएको अाईसलेसन मा रहेको कोरोना संक्रमित कलाईन्ट हर लाई पानी खान को लागी बिरतण गरिएको छ।
पोखरिया अस्पताल का प्रतिनिधी लक्ष्मी चौहान लाई युवा समाज पोखरिया का नौसाद अालम को नेतृत्व मा ६ सय थान पानी को बोतल बितरण गरिएको थियो।पानी बोतल बितरण कार्यक्रम मा युवा समाज पोखरियाका अखिलाख अालम,मनोज कुमार गुप्ता , मनिर अालम,संतोष महतो, निरंजन चौहान ,टाईसन किसोर,ननदकिसोर चौहान, लगायत को सहभागीता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




