नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाईयो

बिरगंज , भदौ १९ गते शुक्रवार ।

नेपाल रेडक्रस सोसाइटी को ५८ औ स्थापना दिवस आज धुमधामका साथ मनाएको थियो ।

स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले आफ्नै उपशाखा कार्यालयमा रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्बिरमा फुलमाला चढाइ दिप प्रज्वलित गर्नुको साथै मास्क तथा सचेतना मुलक पर्चाहरु बितरण गरि नेपाल रेडक्रस दिवस मनाएका थिए ।

सो कार्यक्रमको सभापतित्व उपशाखा सभापती श्री नारायण यादव ,प्रमुख अतिथी बि म पा वडा ५ का अध्यक्ष प्रदिप कुमार चौरसिया , उपशाखा उपसभापति सुरेन्द्र कानु , कोषाध्यक्ष नवनित अग्रवाल , उपकोषाध्यक्ष जितेन्द्र अस्वानी , सदस्यहरु श्रीमती दिव्यलक्ष्मी चतुर्वेदी , प्रकाश उपाध्याय, श्रवण रायमाझी , निरज हरिमुल , अमरेन्द्र यादव , अभिलाष गुप्ता, नवराज भट्टराई , सल्लाहकार सुरेन्द्र मिश्र , हरेन्द्र कुर्मी , दिपक सुवेदी लगायतको उपस्तिथि रहेको कार्यक्रमको सहजीकरण सचिव लालबाबु सिंहले गरेका गर्नु भएको थियो ।

सो अवसरमा सम्पुर्णले कोभिड १९ कोरोना रोगको महामारीमा अग्रपंक्तिमा रहि सेवा उपचार सहयोग गर्ने सम्पुर्ण चिकित्सक , स्वास्थ्यकर्मी , सफाइकर्मी , सुरक्षाकर्मी लगायतहरुलाइ ताली बजाइ आभार धन्यवाद तथा नमन प्रकट गरिएको उपशाखाका सचिव लालबाबु सिंहले प्रहार डेलीलाई जानकारी गराउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close