तीन तहको सरकारले नगरेको काम युवा नेता तथा समाजसेवी राजुदिन बाबुले गरे , आफ्नो निजी खर्चमा ६० परिवारलाई राहत वितरण ।

वीरगंज , भदौ १४ गते आइतबार ।

बीरगंज महानगरपालिका वडा नम्बर ८ पानी ट्यांकी टोलका युवा नेता तथा समाजसेबी राजुदिन बाबुले तीन तहका सरकारले नगरेको काम राजुदिनले गरेका छन्।

कोरोना भाईरसका कारण जारी गरिएको लक डाउनका कारण प्रभावित अति बिपिन्न समुदाय र दैनिक ज्यालादारी गर्नेहरुलाई सो राहत सामाजिक दुरी कायम गर्दै बितरण गर्नुभएको हो ।

राहत सामाग्रीमा प्रत्येक घरपरिवारलाई चामल, दाल,आलु नुन, तेल, साबुन र सोवाबिन आदि खाद्यान्न समाग्री वितरण गरका छन्।

यस्तो अवस्थामा कुनै पनि सरकारले गरिब विपन्न तथा दैनिक ज्यालादारी मजदुरी गर्ने लाई ध्यान नदिएपछि म आफ्नो तर्फबाट यस्तो सहयोग गरेको युवा नेता तथा समाजसेवी राजुदिन बाबुले बताए ।

वडावासीहरुको अवस्था दयनिय भएको र वडा अध्यक्षले ध्यान नदिएकोमा आफ्नो तर्फबाट वितरण गर्न लागेको हो । यो कार्य त नगरपालिकाले ध्यान दिनुपर्ने हो, तर लापरवाहीले गर्दा जनता मारमा परेका छन् । कोरोना भाइरसको कारण निरन्तर निषेधाज्ञा थप तथा कडा हुँदै गइ रहेकोले सो कार्यमा आफ्नो रुचिले वितरण गरिएको समाजसेवी राजुदिनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close