कोरोना काेषमा सुर्य नेपालको १५ लाख सहयोग । आजै विभिन्न सस्था र कालेजले सहयोग गरे ।

कोरोना काेषमा सुर्य नेपालको १५ लाख सहयोग । आजै विभिन्न सस्था र कालेजले सहयोग गरे

वीरगन्ज, जेष्ठ २६ गते सोमबार ।

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोरोना कोषमा सहयोग आउने कार्य जारी रहेको छ ।
पर्सा जिल्लामा बढ्दै गएको कोरोना भाईरसलाई नियन्त्रण गर्न वीरगन्ज महानगरपालिकाले सहयोगको लागी विभिन्न संघ सस्था, व्यापारी , उद्योगपति , अन्य निकाय सङ आव्हान गरेको थियो । पर्सा जिल्लालाई ग्रिन जोन बनाई छाड्ने प्रतिबद्धता अनुसार केहि दिन देखि सहयोग आईरहेको छ ।त्यसै गरि पीसीआर मेशिन र भिटिएम किट खरिदका लागि स्थापना गरेको कोरोना कोषमा सोमबार बहुराष्ट्रिय कम्पनी सूर्या नेपालले १५ लाख रुपैंया सहयोग गरेको छ । सूर्या नेपालका महा- प्रबन्धक प्रभाकर शाहले वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई १५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।

महानगरप्रमुख सरावगीलाई कार्यकक्षमै पुगेर शाहले चेक हस्तान्तरण गरेका हुन् । कोरोना संक्रमणका कारण रेडजोनमा रहेको वीरगन्जलाई ग्रीन जोनमा ल्याउनका लागि वीरगन्ज महानगरपालिकालाई गरेको साथ र सहयोगले अझै हौसला प्राप्त भएको बताउदै मेयर सरावगीले कोरोना कोषमा आएको सहयोगले आपूmलाई थप उर्जा प्राप्त भएको बताए ।

त्यसै गरि नेपाल जेसिजले ५१ हजार र वीरगन्ज कलेज प्रालिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले व्यक्ति १५ हजार रुपैंया कोषमा सहयोग गरेका छन् । यस अघि बैंक अफ काठमाडौं , बिरगंज युवा समाज , शान्भी एफएम , मेयर पुत्र लगायत धेरैले आआफ्नो तर्फबाट सहयोग गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close