
वीरगञ्ज – आज एक कार्यक्रमका बिच कोभिड एक्सन टिम (CAT)द्वारा संचालित एव्म् वडा न १३का युवाहरूको ब्यवस्थापनमा निशुल्क खाना बितरण कार्याक्रमलाई सहयोग स्वरुप प्रदेश सान्सद अन्सारीले १५० किलो आलु लगायत समाग्रीहरु हस्तान्तरण गरेका हुन !
प्रदेश सांसद अन्सारीले खादान समाग्री हस्तान्तरण गर्दै कोभिड एक्सन टिम (CAT) पर्साले बिगत केहिदिन देखि कोभिड महामारी उत्कृष्ट मानवीय सहयोग गर्दै आइरहेकोले सो मानवीय कार्यमा निरन्तरता होस भन्ने उदेश्यले आफू पनि सहयोग गरेको र अगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो !
सहयोग समाग्री जिल्ला सम्न्व्री समितिको प्रमुख एवं CAT पर्सा सयोजक नेक महम्मद अन्सारीले खदान सामाग्री बुझ्दै सांसद अन्सारीलाई सहयोगको लागी सम्पुर्ण CAT को तर्फबाट धन्यवाद ज्ञापन व्यक्त गर्नु भयो । सो कार्यक्रममा नेपाली कांग्रेसको जिल्ला सचीव श्याम पटेल, तत्कालीन समाजबादी पार्टी जिल्ला सचीव तबरेज अहमद, नेकपा प्रतिनिधि सन्जिव मिश्रा CAT सदस्य शैली चौधरी लगायतको उपस्थिति रहेको कुरा CAT सदस्य तबरेज अहमद्ले बताउनु भयो ।




