मानसिक तनाव व्यवस्थापन विषयमा अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न

बीरगन्ज, ६ भदाै । रोटरी क्लब ऑफ बिरगंज मेट्रोपोलिस,रोट्रक्ट क्लब ऑफ बिरगंज मेट्रोपोलिस, रोट्रक्ट क्लब ऑफ यूनाइटेड बिरगंजको संयुक्त आयोजनामा मानसिक तनाव व्यवस्थापन तथा स्वयम् सुरक्षाको विषयमा अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  कोरोना महामारी तथा लकडाउनका बेला मानसिक तनाव न्युन गर्नका लागि अनलाईन अन्तरक्रिया आयोजना गरेको जनाएको हो ।

उक्त प्रशिक्षणमा रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस ,रोटरी क्लब अफ बीरगंज,रोट्रैक्ट क्लब अफ युनाइटेड बीरगंज र रोट्रैक्ट क्लब अफ मेट्रोपोलिसका सदस्यहरु सहभागी भएका थिए ।

प्रज्ञा महर्जनले प्रशिक्षण दिएकाे कार्यक्रममा ६५ जना सहभागी थिए ।

प्रशिक्षणमा रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिसका अध्यक्ष लोहिया, सचीव चंदन सिंह, सर्जेन्ट ऐट आम्स एस पि वर्मा, पुर्व अध्यक्ष शशी रंजन, रंभा मिश्रा, डायरेक्टर रोटरी फाउन्डेसनका निजु राज भन्डारी, उपाध्यक्ष दिपराज क्याल त्यस्तै रोट्रैक्ट क्लब अफ मेट्रोपोलिसका अध्यक्ष सलोनी रौनियार ,सचीव रबिन श्रेष्ठ, स-सचिव दिपु वर्णवाल, प्रकाश कर्ण, मधु प्रजापति, अंशुल अग्रवाल, अमित शर्मा, रोटरी क्लब अफ बीरगंजका सचिब शोहन पोदार,चार्टर अध्यक्ष साजन गिरोहिया,रोट्रैक्ट क्लब अफ युनाइटेड बीरगंज्का अध्यक्ष संदिप ओझा, चार्टर अध्यक्ष रजिस चौधरी लगायतका सहभागी रहेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close