
जिराभवानी २५ भदौ
पोखरीमा डुबेर एक जना युवकको ज्यान गएका छन।जिराभवानी गाउपालिका वडा नं ३ मा रहेको किरतनिया पोखरीमा सो यूवकको मृत्यु भएका हो । मृत्यु हुनेमा जिराभवानी गाउपालिका वडा नं ३ नौकाटोला निवासी गौरीशंकर देवान रहेका छन।देवानको मानसिक संतुलन ठिक नरहेका स्थानीयहरुको भनाई रहेका छन।मृतक गौरी शंकर देवानको कपडा भन्ने पोखरीको डिलमा रहेको देखिएको छ ।देवानको नाक र मुखबाट रगत जमेकाले मृत्यु शंकास्पद रहेको स्थानीयको भनाई रहेका छन।
आज दिउसो करिब १२:३० बते बच्चाहरू पोखरीको डिलमा बाख्रा चराइरहेको बेला पानीमा शव तैरिरहेको देखेर गाउमा जानकारी दिए पछि थाहा भएको रेडियो बिजयवस्तीको प्रतिनिधी ओमप्रकास चौधरीले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस




