चिनिया अतिक्रमणविरुद्ध युवा नेपाल समिति प्रदेश-२ द्वारा जनकपुरधाममा बिरोध प्रदर्शन ।(भिडियो सहित )

धनुषा, असोज ०९ गते शुक्रबार ।

उत्तरको छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै युवा नेपाल समिति प्रदेश २ ले शुक्रबार जनकपुरधाममा बिरोध प्रदर्शन गरेको थियो ।

युवाहरुको समूहले चिनिया अतिक्रमणबिरुद्ध निकालेको बिरोध -याली जनकपुरधामको रामानन्द चोकबाट सुरु भई जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

युवा नेपाल समितिको प्रदेश २ को अध्यक्ष मोहन सिंहको नेतृत्वमा निकालिएको बिरोध -यालीमा युवाहरुले ‘ब्याक अफ चाइना, चिनिया अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चिनिया सम्राज्य मूर्दावाद लगायतका नारा लगाएका थिए ।

युवाहरुले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबिरुद्ध समेत नारा लगाएका थिए । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चिनिया अतिक्रमणबिरुद्ध नेपाल सरकार समेत मौन रहेकाले चिनिया साम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।

युवा आशुतोष झाले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत र चीन दुवै तर्फबाट हुने नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन आफूहरु सदैव तयार रहेको बताए ।

 

 

 

 

 

अर्का युवा सुशील कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद भएको बताए । केही दिन अगाडि मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले भवन निर्माण गरिरहेको समाचार बाहिरिएको थियो ।

यद्यपि नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको परराष्ट्र मन्त्री ज्ञवालीले स्पष्ट पारेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close