
बीरगंज पर्सा
पर्साको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीले घोषणा पत्र सार्वजनिक गरेका छन् ।
पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
क्षेत्र नम्बर २ (ख) को विकास र समृद्धिका लागि आधुनिक एवम् प्राविधिक शिक्षामा जोड दिँदै कुर्मीले स्वास्थ्य सुदृढीकरणको विषयलाई घोषणा पत्रमा प्राथमिकताका साथ उठाएका छन् ।
यूवा, रोजगार र खेलकुद, कृषक र कृषि शिक्षा र स्वास्थ्य पर्यटन एवम् पूर्वाधार, सुशासन, महिला सशक्तिकरण र शहिद, उद्योग र व्यवसायी क्षेत्रमा आफुले काम गर्ने प्रतिबद्धता कुर्मी ले गरेका छन्।
कुर्मी ले रोड नाला तथा बिभिन्न आयोजना मा कमिसन लिएर काम दिने गरेको छ। भने त्यस क्षेत्रका जनता वाहा को कार्य प्रति असंतुष्ट रहेका छन्।