
अनिल साह
वीरगञ्ज असोज ११ । ४१ औं विश्व पर्यटन दिवसको अवसरमा भिजिट मधेश द्धारा पुनरुद्धार विषयक अन्तरक्रिया गरि मनाईएको छ । यस वर्ष कोरोना महामारीको बिच पनि भिजिट मधेशले ‘दिगो बिकासका निम्ति ग्रामिण पर्यटन’ भन्ने मुलनाराका साथ देशैभरी बिभिन्न कार्यक्रमगरी पर्यटन दिवस मनाएको छ ।
प्रदेश नम्बर २ कै एतिहासक , धार्मिक आस्थाबोकेको पर्यटकिय स्थल वीरगञ्ज भिस्वा डाडांको प्राङ्गणमा वीरगञ्ज भिस्वा युवा कल्बको सहकार्यमा विषयक अन्तरक्रिया सम्पन्न भएको छ । उक्तकार्यक्रमको अध्यक्षता भिजिट मधेश नेपालका केन्द्रीय अध्यक्ष तथा समाजिक अभियन्ता ओमप्रकाश सरार्फले गर्नु भएको थियो । भने कार्यक्रमका प्रमुख आतिथ्यता वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी गर्नु भएको थियो त्यसैगरी वीरगञ्ज बौद्ध समितीका अध्यक्ष तथा नागरीक समाजका अगुवा प्रो. डाक्टर दिपक साक्य , उद्योग वणिज्य पर्सा उप–अध्यक्ष सुबोध गुप्ता , वीरगञ्ज भिस्वा युवा कल्बका अध्यक्ष उदयनारायण कुशुवाहा ,होटेल एसोसियन नेपाल केन्द्रका सदस्य माधव बस्नेत , नेपाल पर्यटन संघ पर्साका अध्यक्ष संकर अचार्यहरुले बिषेश आतिथ्य गर्नु भएको थियो । कार्यक्रममा समाजिक अगुवा , राजनितिदल, संचारकर्मि, स्थानिय लगायतको सहभागिता रहेको थियो
मन्तव्यको क्रममा वीरगञ्ज बौद्ध समितीका अध्यक्ष तथा नागरीक समाजका अगुवा प्रो. डाक्टर दिपक साक्यले वीश्व पर्यटन दिवस २०२०को अवसरमा बोल्नु भन्दा गरेर देखाउनु का साथै बिश्वमहामारिको रुपमा फैलिएको कोरोनाले आक्रमण रहेको केहि यूरोप कन्ट्रीहरुमा उचित माकडण्ड पुरागरि पर्यटन भित्रयायिरहेको हुदा वीरगन्ज भोजपुरि लगायतका बिभिन्न भाषा भाषिहरुको केन्द्र रहेकोले कल्चरल टुरिजमको व्यवस्था गर्नुको साथै सिमरौनगढ, गढिमाई, भिस्वा डाडां लगायतका जतिपनि पुरातात्त्विक सम्पदाहरुलाई मिलाएर एउटा साइकल लाईन पर्यटकिय क्षेत्रबनाउनमा जोड दिनु भएको थियो। आर्थिक तथा समाजिक बिकासको लागि पर्यटनको महत्वपुर्ण रहेकोले पर्यटन भित्रयाउनमा जोड दिनु भएको थिए।
त्यसैगरि कार्यक्रमका प्रमुख आतिथ्यता वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले हाम्रो देश कृषिप्रधान देश भने पनि यसलाई ‘यिभेन्ट्को रुपमा मनाउन सक्यो र जलस्रोतको धनि मानिएता पनि संरक्षण र व्यवस्थानमा गर्न नसकिदा त्यसको सुन्दर्ता हराएको बताउनु भएको छ। त्यस्तै नेपाल प्राकृति सुन्दर्ताले सम्पन्न हाम्रो देशमा सिमित पर्यटकिय स्थल रहेको हुदा प्राकृति सुन्दरतालाई संरक्षण तथा व्यवस्थापन गरि पर्यटक भित्राउन सकिने बताएका छन। कोरोना संक्रमितभइ कोरोना पराजित गरि फर्केका मेयर सरावगिले वीरगन्ज वासिले आफ्नो दायित्व , कोरोना लाग्नु भन्दा अगाडि आपनाउनु पर्ने सतर्कता नापनाउनुमा पनि वीरगन्ज रेड जुनमा रहेको बताउनु भयो।
नेपालको आर्थिकनगरि तथा नेपालको मुखय प्रबेश द्धार वीरगन्जनैरहेको र यहाको पर्यटन प्रवर्द्धनको बिकासमा पुर्णरुपमा संघसरकारले अधिकार नदिदा यहा पर्यटन यहाको बिकास नहुनुको मुखय कारण देखाउनु भएको छ। साथै यो कोरोनाको लडाइमा आफ्नो बुवा गुमाउनु परेको हुदा सम्पुर्ण नगरबासिलाई सजक र सुरक्षीत हुन आग्रह गर्नु भएको छ।
कार्यक्रमको सहजिकरण वीरगन्ज भिस्वा यूवा कल्बका संस्थापक तथा सकृय सद्स्य केसर दासले गर्नु भएको थियो




