
शत्रुघन खरविन्द,
रेडियो कपिलवस्तु, असोज १४
मायादेवी गाउँपालिका को सबै ८ ओटै वडाहरुमा दोस्रो चरण को राहत वितरण आज देखि शुरु भएको छ । मायादेवी गाउँपलिकाको वडा नम्बर ४ पिपरा,६ डुमरा र ८ विजुवामा आज दोस्रो चरण को साभा चामल ७ किलो, अरहर दाल १ किलो, तोरीको तेल १ लिटर, नून १ पोका र आलु २ किलो प्रति परिवारमा दरले चामल २८५६ किलो, दाल ४०८ किलो, तोरीको तेल ४०८ लिटर, दाल ४०८ किलो, नून ४०८ पोका र आलु ८१६ किलो गरि रु. ३ लाख २८ हजार ३२ बराबरको खाद्यन्न राहत ४०८ घर परिवारलाई लगाएत सामाग्रीहरु वितारण गरिएको सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टू नेपालको संयूक्त साझेदारीमा संचलित परिवर्तनका लागि बालबालिक युवा तथा समुदाय परियोजन (ऋथ्ऋऋ) सयोंजक दीक्षा तिवारीले बताउनु भएको छ ।
कोभिड १९ ले गर्दा समस्यामा परेका वडा बाट सिफरिस भएर आएको दालित ,आपङ्गता ,एक महिला लगाएत पालिकाको ८ ओटै वडाहरुमा दोस्रो चरणको राहत वितरण गर्नको लागि १ हजार १ सय ३५ परिवारलाई खाना को लागि केहि राहत होस् भन्ने उद्देश्यले १७६ घरधुरीलाई छानोट गरी राहत वितरण गर्दाै छौँ ” उहाँले भन्नुभयो । भोलि पनि राहत वितारण गर्न बाकी रहेक वडाहरुमा वितारण गर्ने जनाइएको छ ।
त्यसैगरी पालिकाका ८ ओटै वडाका १५० जान किशोरीहरुलाई स्वास्थ्य किट वितारण गर्ने कार्यक्रम रहेको पनि सयोजक तिवारीले जनकारी दिनुभएको छ । एक वडा मा कम्तीमा १८ देखि १९ जना किशोरीहरुलाई स्वास्थ्य किट सामाग्री वितरण गर्ने जानइएको छ । पालिकाका ३ ओट वास्थ्य चोकीमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरणहरु हिजो वितरण गरिएको थियो ।
वडा नम्बर ३ को फुलिका स्वास्थ्य चौकी , वडा नम्बर ६ को डुमरा स्वास्थ्य चौकी र वडा नम्बर ८ को विजुवा स्वास्थ्य चौकी गरी तीन ओटा वडाका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्न आवश्यक उपकरण वितरण गरिएको थियो ।सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टू नेपालको संयुक्त साझेदारीमा बर्थिङ्ग सेन्टर सञ्चालन गर्न चाहिने आवश्यक सबै उपकरणहरु ,फर्निचरहरु, अटोमेटिक सेनिटाइजर मेशिन, ५ लिटर सेनिटाइजर लगायत रु १ लाख २४ हजार ७ सय ५२ बराबर को उपकरण तथा सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा संस्था का कार्यकरी निर्देशक कृष्ण कुमार श्रेष्ठले जनकारी दिएका छन ।
विना उपकरण सेन्टर संचालन गर्न समस्या भइरहेको अस्थामा संस्थाले गरेको यो सहयोगले सेवाग्राही तथा स्वास्थ्य कर्मी समेतलाई टेव पुगेको र बर्थिङ्ग सेन्टर सञ्चालन गर्न सहियोग पुगेको स्वास्थ्य चौकी प्रमुखहरुको बताएका थिए ।यस कोभिड १९ महामारी चलिरहेको संक्रमणकालिन समयमा शुरु देखि नै गरिब, दलित विपन्न परिवारलाई सनशाईन संस्था ले सरकारले जारी गरेको कोरोना भाइरस रोग एन २०२० मापडण्ड अनुसार आर्थिक सहयोग, खाद्यायन्न अन्नपात, तथा स्वास्थ्य सामाग्रीहरु निरन्तर वितरण गर्दै आइरहेको छ । त्यसै गरी यस भन्दा पहिले नाटुवा समुदायका लागि पनि खाद्यान सहयोग गरेको थियो ।




