युवा संघको महानगर अध्यक्षमा ठाकुर

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको वीरगंज महानगर कमिटीको अध्यक्षमा उमेश ठाकुर चयन भएका छन।
राष्ट्रिय युवा संघ नेपाल को हिजो काठमाडौंमा बसेको बैठक ले ठाकुरलाई अध्यक्ष चयन गरेको हो ! नेकपा एमाले र एमाओवादी बीच एकीकरण भई बनेको नेकपा को युवा संगठन को एकीकरणको सिलसिलामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

साथै केन्द्रिय कार्यालयकै बैठक ले जिल्ला इञ्चार्जमा विमल पौडेल , साह इञ्चार्जमा विकास रौनियार र महानगर इन्चार्ज मा पिन्टु रौनियार लाई चयन गरेको युवा संघका केन्द्रिय सदस्य अरुण यादव ले बताए । जिल्लाहरूको संयोजक र सह संयोजक यस अघि नै चयन भई सकेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close