
दाङ , असोज २२ गते बिहीबार ।
मिति २०७७।०६।२२ गते अं.११.२० वजेको समयमा जिल्ला दाङ लमही नगरपालिका वडा नं.९ अमिलिया स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व देखी पश्चिम तर्फ चालक जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं.१५ वस्ने जिवन कुमार श्रेष्ठको छोरा वर्ष २५ को सुवाश श्रेष्ठले चलाई ल्याएको प्रदेश ३-०१०२३ च ३२६१ नं.को सेतो क्रेटा कार लाई रोकी चेक जाँच गर्दा सोही कारमा सवार रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं.१४ वस्ने ईन्द्र प्रसाद श्रेष्ठको छोरा वर्ष ४२ को सम्मान कुमार श्रेष्ठले लगाएको दाँया खुट्टाको जुत्ताको तलुवामा EMIRATES GOLD 500 g.लेखेको थान-१(एक) र बायाँ खुट्टामा ISTANBUL GOLD REFINERY MELTER & ASSAYER 500 g,लेखेको थान-१(एक) गरी थान-२(दुई) लुकाई छिपाई राखेको अवैध पहेंलो सुन जस्तो देखिने चारपाटे धातु बरामद गरी तत्काल डिजिटल मेशिनमा राखी तौल गर्दा १,००० ग्राम रहेको तथा निज सम्मान कुमार श्रेष्ठको साथमा फेला पारी बरामद भएको सुन जस्तो देखिने सुनको सिक्री थान-१(एक)को तौल २.३.०६ गरी जम्मा १ किलो २ तोला ३.०६ आना अवैध सुन जस्तो पहेंलो धातु र नगद रु.६०,०००।–(साठ्ठी हजार मात्र) बरामद भएको र सोही गाडीमा सवार अपुर्व थैव श्रेष्ठको साथबाट बरामद भएको चाँदी जस्तो देखिने सिक्री थान-१(एक) र नगद रु.१,१२०।–(एघार सय बिस मात्र) र सोही गाडीका चालक सुवाश श्रेष्ठको साथबाट नगद रु.१२,२५०।–(बाह्र हजार दुई सय पचास मात्र) बरामद गरी निजहरु तिनै जनालाई पक्राउ गरी यस कार्यालयबाट अनुसन्धान भईरहेको दाङ प्रहरीले जनाएको छ ।




