पर्सा क्षेत्र न. १ का सांसद प्रदीप यादवद्वारा परसोतीपुरमा निर्माण सम्पन्न ढलान सड़क तथा नालाको समुद्घघाटन ।

बीरगंज, असोज २२ गते बिहीबार ।

वीरगंज महानगरपालिका वडा नम्बर ३० को परसोतीपुरमा निर्माण सम्पन्न ढलान सड़क तथा नालाको पर्सा क्षेत्र न. १ का सांसद प्रदिप यादवले समुद्घघाटन गरेका छन ।

स्थानीय पूर्वाधार विकास कार्यक्रम संसदीय निर्वाचन क्षेत्र न.१ पर्साको बिकास कोष तथा विरगंज महानगरपालिकाको साझेदारीमा ४० लाख को लागतमा निर्माण सम्पन्न सड़क तथा नालाको बिहीबार एक कार्यक्रम का विच सांसद यादवले समुदघाटन गरेका हुन ।

समुद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पञ्चायतकाल देखी अहिले सम्म यो सड़कमा ढलान बाटो नबनेको बताउदै आफुले यस क्षेत्रको विकासको लागी जनताको जनचाहना अनुरुप विकास कार्यहरू अगाडी बढाएको बताउनु भयो ।

अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नया योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close