
चितवन । वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय ,वीरगञ्जका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, समेतको टोलीले भरतपुर महानगरपालिका भित्र बजार अनुगमन गर्दा देहायका पसल लाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम तत्काल जरिवाना छ।
१)निर्जला स्टोर्स- भरतपुर ३ नारायणगढ चितवनले मूल्यसूची न राखेकोले ५००००/(पचास हजार मात्र) २)सुनिता खाद्य उधोग ,भरतपुर ३ नारायणगढ चितवनले मूल्यसूची न राखेकोले ५००००/(पचास हजार मात्र) ३) जय श्री बालाजी ट्रेडर्स ,भरतपुर ३ नारायणगढ चितवनले मूल्यसूची न राखेकोले ५००००/(पचास हजार मात्र) ४)शूल्भ खाद्य भण्डार ,भरतपुर ३ नारायणगढ चितवनले मूल्यसूची न राखेकोले ५००००/(पचास हजार मात्र) ५)शूभम फ्रुट ट्रेडर्स, भरतपुर २ नारायणगढ चितवनले मूल्यसूची न राखेकोले ५००००/(पचास हजार मात्र) जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय वीरगञ्ज का सूचना अधिकारी दिलिप खंग खत्वेले पर्सा पोस्टलाई जानकारी दिनु भयो ।




