
कत्तिक । नेपाल बाल संगठन पर्साले नयाँ नेतृत्व पाएसँगै आफ्नो सक्रियता बढाएको छ । रामकिशाेर सिंह पराग संगठनकाे नयाँ नेतृत्वमा आएसँगै संगठनकाे मातहातमा रहेका बिद्यालय तथा बालबालिकाका लागि विविन्न निकायद्वारा संचालित बाल गृहहरुकाे वास्तविकता बुझ्ने काम दैनिक जसाे भइरहेकाे छ ।
मंगलबार पनि संगठनका सभापति सिंहकाे नेतृत्वकाे टाेलीले सानो पाईलाद्वारा संचालित सानो घर नामक बाल गृहकाे स्थलगत अवलोकन गरेको छ ।
बिरगंज महानगरपालिका वडा नं. ५ मा रहेको सानो घरमा बालबालिकाको अवस्था, व्यवस्थापन लगायतका कुराहरुमा जानकारी लिइएको संगठनका सदस्य हेमन्त तामाङ्गले जानकारी दिए ।
अवलाेकनका क्रममा सानो पाइलाद्वारा सञ्चालित सानाे घरमा राखिएका बलबालिकालाई माया, स्नेह र पारिवारिक महोलमा व्यास्थिस्त तवरले बालबालिकाहरुको सम्पूर्ण आधारभूत आवस्यकता पूर्ति गरेको भेटिएकाे सभापति सिंहले बताए ।
एक दसक भन्दा लामो समयसम्म संगठन निस्क्रिय हुँदा पर्सा जिल्लामा बालबालिकाहरुको हक अधिकार लगायतका कुराहरुमा सशक्त रुपमा आवाज उठ्न सकेको थिएन ।
सानो पाइलाले जस्तै विभिन्न सामाजिक संस्थाले गम्भीरतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरिदिए नेपालका हरेक बालबालिकाहरु हक अधिकारबाट बन्चित हुन नपर्ने सभापति सिंह बताउँछन् ।
सानाे घरमा अहिले १३ जना बालबालिकाहरु रहेको सानो घरकी कार्यक्रम व्यास्थापक सुजिता ताम्राकारले जानकारी दिइन् । सानो पाइलाका कार्यक्रम व्यास्थापक प्रमुख रौनकराज सर्राफले आफूहरुले कम बालबालिकाहरुलाई राखी अधिकतम सुविधा दिन खाेजेकाे बताए ।




