बारा प्रहरीद्वारा अबैध हतियार सहित एक भारतीय पक्राउ ।

बारा , सिम्रौनगढ , कार्तिक ०५ गते बुधबार ।

बारा जिल्ला सिम्रौनगढ न.पा. वडा नं. ९ सानो बंकुल स्थितमा प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीले आज बुधबार अन्दाजी दिउसो ३:३० बजे चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत बिहार जिल्ला मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने बर्ष २८ को बृजकिशोर कुशवाहा माथी शंका लागी निजलाई रोक्न खोज्दा निजले आफुसाथ बोकि राखेको पेस्तोलबाट प्रहरी टोलीमाथी फायर गर्दा मिस भई फायर भएको र सोही अवस्थामा प्रहरीको तर्फबाट जबाफी कारवाही स्वरूप प्रहरीले बोकेको .३०३ राईफल बाट १ राउण्ड फायर गर्दा निज बृजकिशोर कुशवाहाको बाया पाखुरामा गोली लागी निज घाईते भएको अवस्थामा निजलाई पक्राउ गरी निजले बोकि ल्याएको पेस्तोल थान १, ऐ.को म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ समेत गरी जम्मा ५ राउण्ड गोली बरामद गरी थप अनुसन्धान भई रहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close