
धरान ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट गत उपनिर्वाचन २०७६ का उम्मेदवारी पाएका मेयर पदका उम्मेदवार रोशन बिश्वकर्मा `दर्नाल´ ले बुद्धजीवि, शिक्षाप्रेमी, सामाजिक अभियान्ता, समाजसेवी, ईष्टमित्र र सम्पूर्ण धरान तथा देशवासीहरुलाई बढादशै २०७७ को शुभकामना व्यक्त गर्नुभएको छ । युवक संघका केन्द्रिय सदस्य समेत रहेका दर्नालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (covid- 19) बाट बच्न सावधानी अपनाउनका लागि सम्पुर्ण नेता, कार्यकर्ता एबम् देशबासीहरुलाई आग्रह पनि गर्नु भएको छ ।
यो महामारीको समयमा सरकारले लागू गरेको विभिन्न नीतिनियम तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकल पालना गर्न सबै नागरिकलाई अपिल गर्नु भएको छ । कोरोनाले निम्त्याएको यस बिपदमा सबै राजनीतिक पार्टीहरु राजनीतिक स्वार्थभन्दा माथी उठेर कोरोना विरुद्ध लडन अपिल गर्नु भएको हो । तत्कालीन उपनिर्वाचनमा पराजित भए पनि आफू सधै धरानबासी सँगै रहने र धरानबासीको हितमा काम गर्दै आएको र अझ गरिरहने प्रतिबद्धता समेत राख्नु भएको छ ।
साथै उहाले यस महामारीको बेला जो जहाँ छ त्यही रहेर दशै मनाउन आग्रह समेत गर्नु भएको छ।




