आज गोवर्धन पुजा मनाइदै(भिडियो सहित )

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्र को पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए ।

कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।

 

भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरू को पनि पूजा गरिन्छ । यो तिहारको तेस्रो/चौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close