
वीरगञ्ज २२ असोज । मानवसेवा आश्रम वीरगञ्जले दशैंलाई लक्षित गर्दै विहीबार देखी सडक अभियान सुरुगरेको छ । रोड पेटीमा वेवारीसे अवस्थामा कष्टकर जिवन पिताउदै आएका बुवा आमालाई उद्धारका लागी विहीबार देखी विहान र बेलुका गरी उद्धार कार्यक्रम सुरुगरेको मानवसेवा वीरगञ्जका संचालिका सानु गुरुङ्गले बताएकि छिन । 
सबैकोलागी छाना , सबैको लागी नाना मुलउदेश्यका साथ संचाल गरीको यो अभियानको अभिभावतको भुमिकामा वीरगञ्ज महानगरका मेयर विजय सरावगीले रोडपेटीमा कष्टकर जिवन विताईरहेका, मानवमुत्त वीरगञ्ज बनाउने उनको मुल उदेश्यरहेको बताएका छन ।
विहीबार साँझ देखी संचाल गरीएको यो अभियानले २ जना पुरुष सहित १ जना गरी ३ जनालाई उद्धार गरेको छ ।
त्यसै गरी मानवसेवा आश्रम वीरगञ्जमा वृद्ध आमा ३१ जना वृद्ध बुवा २९ र १ जना साना बालिका गरी ६३ जनालाई दैनिकरुपमा सेवा दिदै आएको मानव सेवा आश्रम वीरगञ्जले जनाएको छ ।




