राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सप्पन्न ।

बिरगंज , मंसिर १३ गते शनिबार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति पर्साको आयोजनामा शनिबार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।

महमद शेख अताउल हकको नेतुत्वमा काङ्ग्रेस , एमाले पार्टी परित्याग गरि १५१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको छ ।

नव पार्टी प्रबेशीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय उपाध्यक्ष एवं पुर्वमन्त्री राजिब पराजुलीले टीका र खादा ओढाएर स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष सोमेश्वरनाथ उपाध्याय र प्रमुख अतिथिमा केन्द्रिय उपाध्यक्ष राजिब पराजुली रहनु भएको थियो ।

त्यसैगरी केन्द्रिय सदस्य रामदेव महतो , नगिना यादव , महिला संगठनका केन्द्रिय सदस्य निरा झा , बबिता तिवारी , ईन्दिरा भन्डारी , ट्रेड युनियनका जिल्ला अध्यक्ष योगेन्द्र राउत , क्षेत्रीय अध्यक्ष सुदामा प्रसाद कानु , पोखरिया नगर अध्यक्ष दशरथ राउत कुर्मी लगायतकाको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन रामबिहारी पाण्डेयले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close