
बिरगंज , मंसिर २२ गते सोमबार ।
नेपाल – सिमा नाका बिरगंज भन्सार कार्यालयमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरीले बिरगंज भवानी हस्पिटलमा कार्यरत डा.अशोक गुप्तालाई कुटपिट गरि घाइते बनाएको छ ।
सोमबार आफ्ना परिवारजनका ब्यक्तिलाई मोटरसाइकलमा रक्सौल छोड्न जाने क्रममा सशस्त्र प्रहरीले उनि चढेको मोटर साइकल रोके पछि ‘ म डाक्टर भएको जानकारी दिए र रक्सौल पारी जाने पनि होइन, शंकरचार्य गेट सम्म छाड्न जाने हो’ भन्ने आग्रह गरे पछि पनि सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवानले जान न मिल्ने भन्दै गर्दा त्यही बाटो भएर गइरहेको अन्य सवारी चालकहरू तर्फ देखाएर डाक्टरले उनिहरुलाई जान दिन हुने म चै किन न हुने भनि प्रतिप्रश्न गर्दा मुखमुखै लाग्छस भन्दै सशस्त्र प्रहरीका जवानले पछाडिबाट टाउकोमा लाठी प्रहार गरि घाइते बनाएको डा.अशोक गुप्ताले जानकारी दिनु भयो।
आफ्नो प्रतिक्रिया दिनुहोस




