बाराको प्रसौनी गाउँपालिकाद्वारा संचालित सिसिटभि क्यामेराको आज एक कार्यक्रकाबीच समुदघाटन सम्पन्न

बाराको प्रसौनी गाउँपालिकाद्वारा संचालित सिसिटभि क्यामेराको आज एक कार्यक्रकाबीच समुदघाटन सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रसौनी गाउँपालिका का प्रमुख भोला गुप्ताले सिसिटिभी क्यामेरा आजदेखि सञ्चालनमा आएको हुनाले यस क्षेत्रमा अब चोरी , डकैती, लागू पदार्थ सेवन लगाएतका घटनाहरु नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

वहाले गण्डक, प्रसौनी बजार देखि भलुहि चौकसम्म सिसिटिभी क्यामेराको विशेष निगरानी हुने बताउनुभयो । साथै अध्यक्ष गुप्ताले प्रसौनी मात्र नभई कलैया बजारसम्म अरू पलिकसँग समन्वयगरी सिसिटिभी क्यामेरा जडान गर्न आफू तयार रहेको बताउनभयो । कार्यक्रमका विशिष्ट अतिथि बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले सिसिटिभी क्यामेरा जडानले शान्ति सुरक्षा लगायत चोरी, डकैती, लागू पदार्थ सेवन आदि रोकथाम गर्नमा विशेष सहयोग पुग्ने हुनाले यस कार्यको लागि प्रसौनी गाउँपालिकालाई विशेष धन्यवाद दिनभयो ।

साथै वहाले समाजमा भएका विकृतिलाई रोकथाम गर्न र शान्ति सुरक्षा कायम राख्न सबैलाई सहयोग र साथ दिन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अथिति नेपाल तरुण दल बाराका अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य लोकेश सिंहले शुभकामना दिदै सिसिटिभी क्यामेरा जडानले अब यस क्षेत्रमा शान्ति सुरक्षामा ठूलो सफलता हासिल गरेको बताउनुभयो । वहाले आउने दिनमा अझ सामाजिक सेवमा काम गर्न आफू तयार रहेको बताउनुभयो ।

कार्यक्रममा सात वटै वडाका वडा अध्यक्षले शुभकामन व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य गाउँपालिका उपप्रमुख गिता साहले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गाउँपालिकाका निम्ति प्रशासकीय अधिकृत सुरेश साहले गर्नु भएको थियो । कार्यक्रममा सुरक्षा कर्मी, कार्यपालिका सदस्य, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चार कर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक विन्देश्वर यादवले कार्यक्रममा आएको सलाह सुझावलाई समेटेर शान्ति, सुरक्षा दिनमा आफू प्रतिबद्ध रहेको बताउनुभयो। वहाले कार्यक्रमलाई सफल बनाइदिएको मा सबैलाई धन्यवाद दिनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close