
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा धोती रैली हुने भएको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगडन युवा संघ नेपाल प्रदेश नम्बर दुई कमिटीले धोती रैलीको आयोजना गर्न लागेका युवा संघ नेपाल पर्सा का अध्यक्ष महम्मद निजाम ले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम उपयुक्त भएको र निर्वाचनमा जानु पर्ने भन्दै युवा संघले रैली आयोजना गरेको युवा संघ का अध्यक्ष ले बताए। शनिबार दिउँसो ११ः३० बजे माइती घर मण्डलाबाट सुरु हुने धोती रैली प्रज्ञा भवनमा गएर सम्पन्न हुने जनाइएको छ।
काठमाडौंमा मधेशको पहिचान स्थापना र सम्मानका लागि पनि रैली महत्वपूर्ण हुने उनले बताए।
करिब एक दशक अघि मधेशीहरुको पहिचान र सम्मानका लागि काठमाडौंमा रहेका मधेशी समुदायका अगुवाहरुले धोती रैलीको सुरुवात गरेका थिए। हाल जनवरी एक तारिखमा मधेशीहरुले धोती दिवस मनाउँदै आएका छन्।
माइतीघर मण्डलामा हुने धोती सभामा नेकपाका स्थायी समिति सदस्य योगनारायण यादव, नेता महेश बस्नेत किरण पौडेल लगायतले सम्बोधन गर्नुहुने छ । सो सभाबाट जुलुस प्रज्ञा भवन पुग्ने बताइएको छ । प्रज्ञा भवनमा सयौंले नेकपा मूलधारमा प्रवेश गर्ने कार्यक्रम राखिएको युवा संघका नेता सञ्जिवले जानकारी दिनुभयो ।




