
बिरगंज , पौष २५ गते शनिबार ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ को बैठक शनिबार सप्पन्न भएको छ ।सामुदायिक सेवा केन्द्र छपकैया-२ को अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा बसेको बैठकले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ मा नया ईन्चार्ज आउनु भएको प्रहरी सहायक निरीक्षक सन्जय कुमार यादव र सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु बीच परिचय कार्यक्रम भएको थियो ।
त्यसै गरि आजै बसेको सो बैठकले जिल्ला प्रहरी कार्यालय पर्सामा आउन लाग्नु भएको नया प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको स्वागत तथा परिचात्मक कार्यक्रमको आयोजना गर्ने , त्यसैगरि लागू औसध तथा साईबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रमको लागि विभिन्न बिधालयमा सम्पर्क गर्ने र यहि माघ १७ गते शनिबारका दिन प्रहरि बिट छपकैया प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम गर्ने निर्णय सो बैठकले गरेको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी दिनु भयो।
सो बैठकमा सामुदायिक सेवा केन्द्रका बरिस्ठ उपाध्यक्ष मो. अब्दुल हक , उपाध्यक्ष लालदेव प्रसाद यादव , सचिव प्रबिण बिक्रम शाह , कोषाध्यक्ष प्रेमा कुमारी सिंह , सदस्य मदन कुमार गुप्ता ,अरुण कुमार गोयल, एेसानुलहक (बिट्टु नेपाली) , जेयाउल हक समानी , अब्दुल कैस मिया ,प्रहरी सहायक निरीक्षक सन्जय कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल , प्रहरी जवान राजकुमार तामाङको सहभागीता रहेको थियो ।




